भारतमा अर्को भीषण बाढी
भारतको जम्मु कश्मिरमा आएको भीषण बाढीमा परी कम्तिमा ३३ जनाको ज्यान गएको छ ।
आज दिउँसो साढे १२ बजेतिर चासोटी क्षेत्रमा आएको बाढीका कारण दुई दर्जन बढी घाइते र कयौँ वेपत्ता भएका छन् । अहिले त्यहाँ ठूलो संख्यामा उद्धारकर्मी खटाइएकाे छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बादल फुटेपछि (क्लाउड ब्रस्ट) बाढी आएको अनुमान गरिएको छ । बाढी आएको क्षेत्र मचैल माता मन्दिर जाने तिर्थयात्रीहरुको लागि महत्वपूर्ण ठाउँ मानिन्छ । बाढीपछि तिर्थालुहरुलाई त्यहाँ प्रवेश गर्न रोक लगाइएको छ ।
किश्तवारका जिल्ला अधिकारी पंकज शर्माका अनुसार अहिले भारतीय सेनाको सहयोगमा उद्धार कार्य भइरहेको छ । यसअघि साउन २० गते पनि उत्तराखण्डस्थित उत्तरकाशीमा ठूलो बाढी आउँदा धराली गाउँ नै बगाएको थियो ।
टिप्पणीहरू