प्रविधिमा जोडिएका युवाहरू माओवादीमा प्रवेश
प्रविधि र उद्यमशीलतामा सक्रिय केही युवाहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सफ्टवेयर इञ्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बास्कोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना आज दिउँसो प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा मिसिएका हुन् ।
नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । दलाल पूँजीलाई निरूत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षण लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको पनि उल्लेख गरियो ।
पार्टीमा जोडिएका युवाहरूलाई आगामी दिनमा नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न प्रचण्डको विशेष आग्रह छ ।
टिप्पणीहरू