तामाकोशी किनारमा सतर्कता अपनाउन आग्रह

तामाकोशी किनारमा सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले शनिबार तामाकोशी नदी तटीय क्षेत्रमा माछा मार्ने, पौडी खेल्ने, गिट्टीबालुवा निकाल्नेजस्ता कार्यहरु नगर्न अनुरोध गरेको छ । 

सो दिन माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले जलाशय सफा गर्न लागेको सूचना प्राप्त भएको भन्दै सिडिओ कार्यालयले यस्तो आग्रह गरेको हो । 

आज सूचना जारी गर्दै सिडिओ कार्यालयले सो अवधिमा नदीमा पानीको सतह थपघट हुनसक्ने भएकाले माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिट्टीबालुवा निकाल्ने, गाडी तार्ने तथा दाहसंस्कार वा धार्मिक संस्कारलगायत कार्य नगर्न भनेको छ । 

सूचनामा उल्लेख छ, ‘सो अवधिमा यस जिल्लाको तामाकोशी नदी तटीय क्षेत्रमा उल्लिखित कार्यहरु नगर्नु नगराउनुहुन साथै सतर्कता एवं सावधानी अपनाउनुहुन अनुरोध छ ।’

टिप्पणीहरू