अमेरिकाबाट निष्कासित रविका मान्छे काठमाडौं आइपुगेलगत्तै रिहा

अमेरिकाबाट निष्कासित रविका मान्छे काठमाडौं आइपुगेलगत्तै रिहा

अमेरिकाद्वारा देश निकाला गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहनबहादुर थापा काठमाडौं आइपुगेका छन् । अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा उनलाई निष्कासन गरिएको कागजातहरु जनआस्थासङ्ग सुरक्षित छ ।  

थापा अघिल्लो बिहिबार एयर इन्डियाको उडान नम्बर एआई २११ बाट नयाँ दिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ अध्यागमन कार्यालयले प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । तर ब्युरोले लगत्तै कागज गराएर छाडेको बताइन्छ ।

लामिछानेसहित आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएपछि थापा लुसुक्क अमेरिका गएका हुन्  ।

केही समयदेखि अमेरिकी प्रहरीको हिरासतमा रहेका थापाको ग्रीनकार्डसमेत रद्द गरिएको मेरिल्याण्डमा बस्दै आएका एक जना नेपालीले बताए । रवि लामिछानेका अति निकट तथा विश्वासपात्र थापा गत फागुनमा पेन्सिलभेनिया विमानस्थलमा पक्राउ परेका थिए ।

लामिछानेसहित आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएपछि थापा लुसुक्क अमेरिका गएका हुन्  । गत वर्ष उनी प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको अमेरिका भ्रमणको क्रममा कालोझण्डा देखाउनेलगायत विरोध कार्यक्रममा सक्रिय थिए । थापामाथि अमेरिकामा सवारी लाइसेन्स दुरुपयोग गरेको आरोपमा पहिले नै जेल सजाय भएको थियो ।

टिप्पणीहरू