सेनालाई सुदर्शन चक्र

सेनालाई सुदर्शन चक्र

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मिसन सुदर्शन चक्र’ सार्वजनिक गरेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा अघि सारिएको यो योजना धार्मिक, औद्योगिक तथा सार्वजनिक पूर्वाधारस्थलको सुरक्षामा प्रयोग हुने बताइएको छ ।

भारतीय रेलवे स्टेशनलगायत महत्वपूर्ण क्षेत्रको सुरक्षा कवच सुनिश्चित गर्ने उद्देश्यले आगामी दशकभित्र लागू गरिने छ । राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीले उक्त मिसनको अनुसन्धान,विकास र निर्माण पूर्णरूपले स्वदेशी हुने र युध्दप्रविधि बदलिँदो प्रकृतिसँग अनुकूल हुने दाबी गरेका छन् । 

सन् २०३५ सम्म राष्ट्रव्यापी रूपमा यस प्रणालीलाई कार्यान्वयन गरिने लक्ष्य राखिएको छ । उता भारतीय वायुसेनाले पनि आफ्नो एस ४०० प्रतिरक्षात्मक प्रणालीलाई सुदर्शन चक्रको नाम दिएको छ । भगवान कृष्णको दिव्य अस्त्र सुदर्शन चक्रलाई हिन्दु धर्ममा सटिक हतियारको रुपमा लिइन्छ ।

टिप्पणीहरू