प्रहरीकोमा कपाल काट्ने ? कति तिरेर ?

प्रहरीकोमा कपाल काट्ने ? कति तिरेर ?

नेपाल प्रहरी प्रधान कार्यालयले ‘युनिसेक्स सैलुन’ सञ्चालनमा ल्याएको छ । प्रहरी कर्मचारीहरुको सहजताका निम्ति मुख्यालय परिसरमा ‘युनिसेक्स सैलुन’ खोलिएको हो । 

प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले उद्घाटन गरेसँगै सेवा शुरु भएको छ । थ्रेडिङ्ग,फेसियल,हेयर कट, केराटिनलगायत सबै सेवा प्रहरी कर्मचारीलाई सर्वसुलभ मूल्यमा उपलब्ध हुने मुख्यालयले जनाएको छ । मुख्यालयका अनुसार सैलुनमा सबै सेवाहरु बाहिरभन्दा आधा शुल्कमा पाइनेछ । सँगै त्यसबाट केही रकम प्रहरी कल्याणकारी कोषमा पनि जानेछ । 

मुख्यालयले सामानको मूल्य,ज्याला र कोषमा जाने रकम जोडेर सेवा शुल्क निर्धारण गरिदिएको छ । पुरै अनुहारको थ्रेडिङ्ग गरेको एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मुख्यालयका अनुसार त्यसमध्ये ५० रुपैयाँ सामानको मूल्य र ३० रुपैयाँ ज्याला हो । २० रुपैयाँ प्रहरी कल्याण कोषमा जान्छ । आँखी भौं र ओठमाथिको रौं निकालेको ३५ रुपैयाँ तोकिएको छ । 

फेसियल क्लिन्जिङ्ग गरेको १६५, फेसियल किटबक्सको ५३५ रुपैयाँ शुल्क लाग्छ । जबकि,बाहिरका सैलुनमा फेसियल क्लिन्जिङ्गको पाँच सय र फेसियल किटबक्सको एक हजार रुपैयाँ शुल्क रहेको छ । अण्डर वार्म व्याक्सिङ्गको एक सय,हाफ ह्याण्ड व्याक्सको २१०,फूल ह्याण्ड व्याक्सको ३९०, हाफ लेग व्याक्सको चार सय, फूल लेग व्याक्सको ६ सय रुपैयाँ शुल्क कायम गरिएको छ । 

म्यानिक्योरको ६५०, पेडिक्योरको ८१०, हेयर वासको एक सय, हेयर ट्रिटमेण्टको ४५०, हेड मसाजको १२० रुपैयाँ पर्छ । पुरुष प्रहरीको कपाल काटेको, धोएको र दारी खौरिएको १२० रुपैयाँ तोकिएको छ । महिलाको आधुनिक हेयर कट गरेको १२०, सामान्य काटेको एक सय, कर्ली गरेको एक सय, स्थायी केराटिन र केराटिन बोटोक्सको एक हजार ५००, केराटिन स्मुथिङको एक हजार ४०० रुपैयाँ रहेको छ । 

रुट टचअपको ५००, कलर गरेको ९५०, हाइलाइट र कलर ब्लिच गरेको एक हजार, सामान्य मेकअपको पाँच सय, पार्टी मेकअपको एक हजार, सामान्य हेयर डिजाइनको ७० रुपैयाँ निर्धारण गरिएको छ । समयानुकूल मूल्य परिमार्जन गरिने जनाइएको छ ।

टिप्पणीहरू