अम्बे–कोशीका बचतकर्तासँग अनलाइन मागदाबी आह्वान

अम्बे–कोशीका बचतकर्तासँग अनलाइन मागदाबी आह्वान

समस्याग्रस्त घोषित अम्बे–कोशी बचत तथा ऋण सहकारीका बचतकर्तालाई अनलाइन मागदाबी पेश गर्न आह्वान गरिएको छ। 

सुनसरीको इटहरी उपमहानगरपालिका–६, स्थित रहेको उक्त सहकारीका बचतकर्तालाई आफ्नो निक्षेप रकम अनलाइनमार्फत मागदाबी पेश गर्न भनिएको हो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक सूचना निकालेर आवेदन मागेको छ । 

बचतकर्ताहरुले आगामी १५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ । 

त्यसका लागि समितिको वेबसाइटमा आफूले पाउनुपर्ने रकम खुलाएर आवेदन दिनुपर्ने छ । अम्बे–कोशी बचत तथा ऋण सहकारी २०८१ पुस २३ गते समस्याग्रस्त घोषणा भएको थियो ।
 

टिप्पणीहरू