वामदेवलाई जिम्मेवारी तोकेलगत्तै आलोकनगरमा बैठक
नेकपा एकीकृत समाजवादीमा मिसिएका वामदेव गौतमले औपचारिक जिम्मेवारी प्राप्त गरेका छन् । नेकपा एसले उनलाई वरिष्ठ नेतासहित तेस्रो वरियता दिएको छ ।
नेता गौतमसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरुलाई पनि जिम्मेवारी तोकिएको छ । बताइएअनुसार गौतमपत्नी तुलसा तुलसासहित डीबी कार्की र लोकनाथ धमला पोलिटब्युरो सदस्य बनेका छन् । बाँकी ९ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने एसको निर्णय छ ।
अहिले एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय आलोकनगरमा जारी बैठकमा नेतृ रामकुमारी झाँक्रीको आत्मसमीक्षाका साथै समसामयिक राजनीतिक विषयहरु छलफलका एजेण्डा छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू