आयोग प्रतिवेदन शीतल निवासमा

आयोग प्रतिवेदन शीतल निवासमा

मुस्लिम आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आज शीतल निवासमा प्रतिवेदन बुझाएका हुन् । 

आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन बुझेपछि शीतल निवासबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवनमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।’

टिप्पणीहरू