तामाकोशीको तल्लो तटीय क्षेत्रमा भोलि बिहानदेखि जोखिम

तामाकोशीको तल्लो तटीय क्षेत्रमा भोलि बिहानदेखि जोखिम

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा गर्न लागेको छ । दोलखाको बिगु गाउँपालिका–१ स्थित ४५६ मेगावाट क्षमताको जलविद्युत केन्द्रले भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय सफा गरिने जनाएको छ ।

सो अवधिमा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोलें, सिंगटी, नयाँ पुल, किनें, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म तामाकोशी नदीको पानीको सतह घटबढ हुने भएकाले सतर्कता अपनाउन भनिएको छ । केन्द्रले सूचना जारी गर्दै सो क्षेत्र वरपर बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । 

सो अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिट्टीवालुवा निकाल्ने, गाडी तार्नेजस्ता कार्य नगर्न सूचित गरिएको छ । त्यसैगरी, नदी किनारमा दाहसंस्कार गर्नुपरेमा सावधानी अपनाउन पूर्वसूचनामा भनिएको छ ।

‘तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिट्टीवालुवा निकाल्ने, गाडी तार्नेजस्ता कार्यहरु नगर्न–नगराउनु हुन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरुको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न–गराउनसमेत सम्बन्धित सबैमा अनुरोध गर्दछु’,सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू