बीपी राजमार्ग फेरि बन्द

बीपी राजमार्ग फेरि बन्द

बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङ्ग–भकुण्डेशी हुँदै सिन्धुली जाने सडकखण्ड थप १५ दिन राति बन्द गर्न लागिएको छ । काभ्रेपलाञ्चोक जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त सडकखण्डमा भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन चलाउन निषेध गरिएको छ ।

सडकको उक्त भागमा वर्षातका कारण सिर्जना हुनसक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन निषेधको अवधि पहिलेभन्दा थप गरिएको उल्लेख छ । साउन १ गतेदेखि मसान्तसम्म पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सो सडकखण्डमा निषेध लागू गरिएको छ ।

टिप्पणीहरू