पूर्व प्रधानन्यायाधीशविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

पूर्व प्रधानन्यायाधीशविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर जबराविरुद्ध परेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको छ । रास्वपा नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले दरपीठ गरिदिएका हुन् ।

अधिवक्ता न्यौपानेले २०७७ फागुन ११ गते भएको फैसलाको पूर्णपाठको प्रमाणीकरण र संहिताका लागि तत्कालीन प्रधानन्यायाधीश जबराको नाममा परमादेश जारी गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा संवैधानिक इजलासका अन्य न्यायाधीशहरूले पूर्णपाठमा सही गरे तापनि तत्कालीन प्रधानन्यायाधीश जबराले हस्ताक्षर नगरेको उल्लेख छ ।

रिटमा भनिएको छ, ‘पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले हालसम्म सही नगरेको हुँदा उक्त मुद्दाको फैसला तयार तथा प्रमाणिकरण गर्नु–गराउनु भनि नाममा परमादेश जारी गरियोस् ।’ तर सर्वोच्च प्रशासनले फैसलाको तयारी तथा प्रमाणीकरण न्यायिक प्रक्रियाको अंग भएकाले दर्ता गर्न नहुने उल्लेख गरेको छ । 

यता आदेशमा भनिएको छ ः ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम रिट दरपीठ गरिदिइएको छ ।’

टिप्पणीहरू