कोरियाली जनताप्रति ऐक्यबद्धता जनाउँदै एशिया–प्रशान्त समिति
कोरियाली जनताका लागि ऐक्यबद्धता जनाउँदै एसिया प्रशान्त क्षेत्रीय समितिको नियमित जुम बैठक सम्पन्न भएको छ । बैठकमा एशिया–प्रशान्त क्षेत्रका विभिन्न देशका प्रतिनिधिहरूले कोरियाली जनताको स्वतन्त्रता, शान्ति र पुनर्मिलनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
बैठकमा सहभागीहरुले कोरियाली जनताको आत्मनिर्णयको अधिकार र सार्वभौमिकतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । साथै, कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्ति स्थापनाका लागि विदेशी हस्तक्षेप अन्त्य गरी आपसी समझदारीलाई प्राथमिकता दिनुपर्ने धारणामा ती सहमत देखिन्छन् ।
सहभागीहरूले क्षेत्रीय ऐक्यबद्धतालाई अझ सशक्त बनाउन निरन्तर संवाद, अन्तरक्रिया र संयुक्त अभियान चलाउनुपर्ने निष्कर्ष निकालेको बताइन्छ । भनिएको छ, ‘एशिया–प्रशान्त क्षेत्रका नागरिक समाज, श्रमिक संगठन, राजनीतिक दल र विद्यार्थीहरूको सक्रिय सहभागितामार्फत कोरियाली जनताको संघर्षलाई समर्थन गर्ने प्रतिबद्धता जनाइन्छ ।’
टिप्पणीहरू