रविको मागबमोजिम भैरहवाबाट नख्खु जेल सारिँदै

रविको मागबमोजिम भैरहवाबाट नख्खु जेल सारिँदै फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवास्थित कारागारबाट आज काठमाडौं ल्याईंदै छ । गत चैत २५ देखि रुपन्देहीको जिल्ला कारागारमा रहेका उनलाई दिउँसो विमानबाट काठमाडौं ल्याएर ललितपुरस्थित नख्खु कारागारमा राख्ने तयारी छ । 

जेठमै नख्खु कारागारमा सरुवाका लागि उनले निवेदन दिएको, अदालतले अनुमति पनि दिएको तर गृह प्रशासनले रोकेको कारण उनलाई यता ल्याउन नसकिएको रास्वपाका नेताहरुले बताएका छन् । बुटवलको सहकारी संस्था ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका उनले ज्यानमाथि असुरक्षा रहेको बताएपछि यता ल्याउन लागिएको हो ।

उनलाई सवा ३ बजेको बुद्ध एअरको उडानमा काठमाडौं ल्याउने बताइएको छ ।

टिप्पणीहरू