पूर्व डेपुटी गभर्नरको निधन
नेपाल राष्ट्र बैंकका भूतपूर्व डेपुटी गभर्नर अच्युतप्रसाद पौडेलको निधन भएको छ । उनका नातेदारले सामाजिक सञ्जालमा पौडेलको निधनबारे जानकारी दिएका हुन् ।
बैंकमा २०४६ सालपछि रिक्त डेपुटी गभर्नरमा पौडेल नियुक्त भएका थिए । तत्कालीन समयमा गभर्नर गणेशबहादुर थापाले राजीनामा दिएपछि डेपुटी हरिशंकर त्रिपाठी गभर्नरमा नियुक्त भएका थिए । उनै त्रिपाठीको स्थानमा सरकारले पौडेललाई नियुक्त गरेको थियो ।
टिप्पणीहरू