भकाभक ज्यान गुमाउँदै तालिमे सशस्त्र प्रहरी

भकाभक ज्यान गुमाउँदै तालिमे सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपालमा तालिमका क्रममा ज्यान गुमाउनेको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै आठ जना सशस्त्र प्रहरीले मृत्युवरण गरेको बताइन्छ ।

तालिमको क्रममा बितेकामध्ये नुवाकोटको ककनीमा दुई, बाँकेको नौबस्तामा एक, सप्तरीमा दुई, ९ नम्बर बाहिनीमा एक र बर्दघाट तालिम केन्द्रका दुई जना हुन् ।

बर्दघाट तालिम केन्द्रमा गत बिहीबार एक सशस्त्र प्रहरीको ज्यान गएपछि तालिमको क्रममा ज्यान गुमाउनेबारे अनेक चर्चा भएको छ । उनलाई शुक्रबार दिउँसो ३ बजे बिदामा पठाउन सकिने भएपनि त्यहाँका प्रमुख एसएसपी शंकर खनालले बिहीबार नै बाहिर जान अनुमति दिएका थिए । 

रासन जोगाउने उद्देश्यले अघिल्लो दिन छुट्टी दिइएकोमा सोही क्रममा उनको मृत्यु भएको अरुको भनाई छ । अर्कोतर्फ तालिमरत प्रहरी दुर्घटनामा गम्भीर घाइते हुँदा पनि स्तरीय अस्पतालमा समयमै नपुर्याइएको कारण उनको निधन भएको भनिएको छ ।

सशस्त्रभित्र यस्ता घटना दोहोरिनुमा वरिष्ठ अधिकृतहरूको लापरबाही भएको तालिमरत प्रहरीहरूको आरोप छ । हाल तालिम केन्द्रमध्ये ककनीमा एसएसपी राजेन्द्र खड्का, बाँकेमा प्रवीण कँडेल, सप्तरीमा नेत्र कार्की र ९ नम्बर बाहिनीमा निरकृष्ण अधिकारी कमाण्डर छन् ।

‘आईजीपी राजु अर्यालले जतिसुकै राम्रो काम गर्न खोजे पनि असक्षम र लापरवाही गर्दै आएका वरिष्ठ अधिकृतहरुका कारण संगठनको छवि धुमिल बन्दै गएको छ,’ एकजना तालिमेले भने ।
 

टिप्पणीहरू