जङ्गी अड्डामा भारतीय विदेश सचिव
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्न आएका भारतीय विदेश सचिव विक्रम मिश्री सैनिक मुख्यालय भद्रकाली छिरेका छन् । उनी बिहान १० बजे चार जनासहित मुख्यालय प्रवेश गरेका हुन् ।
हिजो सिंहदरबारदेखि खुमलटारसम्म भेटघाट सकाएका मिश्री आज मध्यान्ह पशुपतिनाथ दर्शनका लागि जाँदैछन् । बिहान होटल द्वारिकामा केही राजनीतिक दलका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका उनी दिउँसो साढे २ बजे वायुसेनाको विशेष विमानमा नयाँ दिल्ली फर्कंदैछन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा उनको बसाई कूटनीतिक मर्यादाभन्दा बाहिर रहेको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ । भलै राष्ट्रपति रामचन्द्र पौडेल,काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँगको भेटमा उनी सहज ढंगले बसेको तस्बिरमा देखिन्छ ।
टिप्पणीहरू