निभ्यो ट्यांकरमा लागेको आगो

निभ्यो ट्यांकरमा लागेको आगो

पेट्रोलियम पदार्थ बोकेर धादिङको खानीखोला आइपुगेको ट्यांकरमा लागेको आगो निभाइएको छ । धुनिवेशी नगरपालिकाको दमकल, स्थानीय प्रहरी र नागरिकको सहयोगमा आगो तत्काल निभाइएको कारण थप क्षति हुन नपाएको बताइन्छ ।

बिहान बाराको अमलेखगन्जबाट काठमाडौंस्थित आयल निगमको थानकोट डिपो आउँदै गरेको ना. ७ ख ३७७४ नम्बरको ट्यांकरमा धुनिवेशी–८, खानीखोलामा आगो लागेको थियो । ट्यांकरको वायरिङ सर्ट भएकाले आगलागी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त ट्यांकरले आयल निगमको २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेको थियो । आगो लाग्नासाथ निभाइएकोले कुनै पनि मानवीयसँगै भौतिक क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू