मोबाइलमा ‘एसटी एलर्ट’ आतंक, विद्युतीय कारोबारमा सतर्कता अपनाउन आग्रह

मोबाइलमा ‘एसटी एलर्ट’ आतंक, विद्युतीय कारोबारमा सतर्कता अपनाउन आग्रह

आज बिहान साढे ९ बजेको समयमा धेरै जनाको मोबाइलमा एउटा ‘एलर्ट म्यासेज’ को घण्टी बज्यो । बैंक तथा वित्तीय संस्थाहरुको खाताबाट गरिने विद्युतीय कारोबार कनेक्ट आइपीएस बन्द भएको एकै खालको सूचना धेरै जनालाई पठाइएको थियो । यसको अर्थ विद्युतीय कारोबार गर्न सम्बन्धित व्यक्तिको बैंक खाता तत्काललाई लक भएको छ भन्ने हो । 

तर, त्यस्तो म्यासेज सम्बन्धित बैंकको सट्टा एसटी एलर्टबाट भएको देखिन्छ । लगत्तै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका प्रमुख तथा निर्देशक बासुदेव भट्टराईले बिहान साढे ९ बजेको समयमा सबैलाई जानकारी गराउँदै उक्त म्यासेज साइबर अपराधको प्रयास हुनसक्ने भन्दै फेसबुक पेजमा लेखिदिए । उनले लेखेका छन्, ‘साइबर अपराधको प्रयास हुनसक्छ । सावधानी तथा जानकारीको लागि शेयर गरेँ ।’ जनचेतनाको निीम्त यो उनको व्यक्तिगत प्रयास हो ।

दिउँसो साढे १ बजेको समयमा सोही एसटी एलर्टबाट अधिकांशको मोबाइलमा एउटा अर्को म्यासेजको घण्टी बज्यो । जसमा बैंक खाता प्रयोगकर्ताको नाम, पासवर्ड वा ओटीपी कसैलाई पनि नदिन भनिएको छ । कुनै लिंकमा क्लिक नगर्न र व्यक्तिगत विवरण गोप्य राख्न भनिएको छ । अघिल्लो साइबर अपराधको प्रयासको म्यासेजको विरुद्धमा भएको पछिल्लो म्यासेज कुन निकायले जारी गरेको भन्ने कहिँ कतै उल्लेख छैन । पहिले र पछि दुबै म्यासेज एसटी अलर्टको नाममा जारी हुँदा सर्वसाधारण भने रनभुल्लमा परेको देखिन्छ ।

टिप्पणीहरू