रजगढमा आज शोक बिदा
सप्तरीको रजगढ गाउँपालिका-५ का वडाध्यक्ष दुखिलाल भनिने देवेन्द्र साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७० वर्षीय उनको आज बिहान भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
वडाध्यक्ष साहको निधनको खबरसँगै रजगढ गाउँपालिकाले शोक बिदा दिएको छ । उनको निधनले गाउँपालिकालाई स्तब्ध र शोकाकुल बनाएको जनाउँदै आज पालिका र मातहतका निकायमा अति आवश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।
‘यस दुःखद् घडीमा मिति २०८२–०५–०४ गते यस रजगढ गाउँपालिकाको कार्यालय र मातहत रहेका निकायबाट अति आवश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ’, सूचनामा उल्लेख छ ।
साह २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका थिए ।
टिप्पणीहरू