अमोर बालगृहलाई कर्मचारीको डेढ लाख
कर्मचारी मिलन केन्द्र, स्याङ्जाले अमोर बालगृह सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फेदीखोलास्थित बालगृह व्यवस्थापनका लागि एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल र मिलन केन्द्रका अध्यक्षले हिजो एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेका हुन् । वि.सं.२०६८ सालमा अमोर बालगृह सेवा केन्द्र दर्ता भएको हो ।
आमाबुवा नभएका बालबालिकाहरुलाई त्यहाँ राखेर केन्द्रले हेरचाह गर्दै आएको छ । उनीहरु स्थानीय विद्यालयमा पढ्छन् । सहयोगबाट आएको रकमले सो केन्द्र सञ्चालन हुन्छ ।
टिप्पणीहरू