राष्ट्रपति, प्रधानमन्त्री र सभामुखविरुद्धको मुद्दा पेशीमा

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखविरुद्धको मुद्दा पेशीमा

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा पेशी चढेको छ । 

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलास नम्बर ८ मा मुद्दा सुनुवाई हुन लागेको हो । मुद्दा पेशी सूचिको पाँचौं नम्बरमा छ । 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको विषय उठाएर अधिवक्ता वीरेन्द्र केसीले हिजो रिट दर्ता गरेका थिए । सरकार काम चलाउमा परिणत भैसकेको जिकिर गर्दै रिटमा प्रतिशेधको आदेश मागिएको छ । 

प्रधानमन्त्री ओलीसहित मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, सभामुख देवराज घिमिरे र संसद सचिवालयलाई विपक्षी बनाइएको रिटमा संविधानको धारा ७६ बमोजिमको नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गराउनसमेत माग गरिएको छ ।

टिप्पणीहरू