हज यात्राका लागि आवेदन माग, १२ सय कोटा निर्धारण

हज यात्राका लागि आवेदन माग, १२ सय कोटा निर्धारण

नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न चाहने इस्लाम धर्मावलम्बीहरूसँग आवेदन मागिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको हज समितिले सन् २०२६ का लागि आवेदन खुलाएको हो । आज जारी सूचनामा १२ सय जनाले हज गर्न सक्नेगरी साउदी अरब सरकारबाट कोटा निर्धारण भएको जनाइएको छ । 

उक्त कोटामा जान इच्छुक मुस्लिम समुदायका व्यक्तिले आजबाट आगामी असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् । हज यात्रीले जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबापत डेढ लाख रुपैयाँ बुझाउनुपर्नेछ । 

 यससम्बन्धी विस्तृत जानकारीका लागि हज समितिको सचिवालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू