छुदेन काविमोको ‘उरमाल’ लाई मदन पुरस्कार

छुदेन काविमोको ‘उरमाल’ लाई मदन पुरस्कार

मदन पुरस्कार-०८१ को उपाधि छुदेन काविमोको उपन्यास ‘उरमाल’ले जितेको छ । मदन पुरस्कार गुठीको बैठकले सो उपन्यासलाई पुरस्कारका लागि योग्य ठहर्याएको हो । 

मदन पुरस्कारका लागि साढे दुई सय पुस्तकको आवेदन परेकोमा गुठीले उत्कृष्ट सात पुस्तक छानेको थियो । जसमा छुदेन काविमोको ‘उरमाल’सहित रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ छनोटमा परेका थिए । 

६ पुस्तकलाई पछि पार्दै ‘उरमाल’ले पुरस्कार जितेको हो । त्यस्तै, गुठीले गजदम्बा पुरस्कार प्रेमदेव गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू