एअरपोर्टमा नयाँ भिआइपी कक्ष

एअरपोर्टमा नयाँ भिआइपी कक्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निर्मित नयाँ भिआईपी कक्षको उद्घाटन गरिएको छ । 

आधुनिक र सुविधासम्पन्न नवनिर्मित भीआईपी कक्षको आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका हुन् । यो भीआइपी कक्ष संचालनमा आएसँगै विमानस्थलमा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास मन्त्रीले व्यक्त गरे । 

विमानस्थलको भीड नियन्त्रण र सुरक्षालाई ध्यानमा राखी राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको लागि छुट्टै आन्तरिकआवागमनको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । संवैधानिक निकाय, प्रशासनिक क्षेत्रका प्रतिनिधि तथा आम नागरिकका लागि फरक–फरक कक्षको व्यवस्था उपयोगी र व्यवस्थित हुने मन्त्री पाण्डेको भनाइ छ । 

अन्तर्राष्ट्रिय टर्मिनलमा जस्तै आन्तरिकमा पनि सिआईपीको व्यवस्था गर्नसमेत सरोकारवाला निकायहरुलाई उनले आग्रह गरे । विमानस्थलको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन चरणबद्ध रुपमा सुधारका कामहरु गर्दै जाने उनको प्रतिवद्धता छ । 

यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भीआईपी सेवा दिने गरिएको थियो । अब ठूलो ठाउँबाट भीआईपी सेवा उपलब्ध हुनेछ ।

टिप्पणीहरू