इजिप्सियन दूतावासमा भरे रातिसम्म मतदान
इजिप्टको सिनेट (संसद) का लागि काठमाडौंमा जारी मतदानको समय भरे राति सम्मलाई तोकिएको छ । ललितपुरको सैंबुस्थित राजदूतावासमा राखिएको मतदान केन्द्रमा हिजो बिहान ९ बजेदेखि मतदान शुरु भएको थियो ।
नेपालमा रहेका इजिप्टका नागरिक र दूतावासका कूटनीतिक कर्मचारी तथा तिनका परिवारले भरे राति ९ बजेसम्म मतदान गर्न पाउनेछन् । यसअघि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयमार्फत् मतदान केन्द्र तोकिएको दूतावास परिसरमा आवश्यक शान्ति सुरक्षाको लागि लिखित अनुरोध गरेको थियो ।
टिप्पणीहरू