हाकिम बिदामा बसेपछि कार्यालयकाे काम ठप्प

हाकिम बिदामा बसेपछि कार्यालयकाे काम ठप्प

सिन्धुलीको खुर्कोटस्थित यातायात व्यवस्था कार्यालयमा हाकिम बिदामा बसेपछि ल्याण्डलाइन फोनसमेत उठ्न छाडेको गुनासो सुनिएको छ । कार्यालयको वेबसाइटमा राखिएको सम्पर्क नम्बर प्रमुखको कोठामै मात्र रहेकाले उनी अनुपस्थित हुँदा सेवाग्राहीहरूले सम्पर्क गर्नसक्ने अवस्था नभएको कर्मचारीको भनाइ छ ।

सामान्यतयाः सरकारी कार्यालयमा सम्पर्क नम्बर दर्ता–चलानी वा अन्य शाखामा राखिने प्रचलन भए पनि खुर्कोट यातायात कार्यालयमा त्यो व्यवस्था हाकिमको कोठामा सीमित छ । प्रमुख महिनामा केही दिन मात्र कार्यालयमा बस्ने भएकाले आफूहरुले अझ बढी असुविधा भोग्नुपरेको सेवाग्राहीहरूको अनुभव छ ।

आज बिहान एकजना सेवाग्राहीले बिहान १० बजेदेखि एक घण्टासम्म निरन्तर फोन गर्दा कसैले नउठाएको बताइन्छ । कार्यालय प्रमुख विगत १० दिनदेखि अनुपस्थित छन् ।

टिप्पणीहरू