बालेनविरुद्ध चर्को नाराबाजी
कवाड व्यवसायीहरुले आज पनि काठमाडौँको सडक र महानगरपालिकाको कार्यालय अगाडि नाराबाजी गरेका छन् । मेयर बालेन साहको ‘डोजर आतंक’ विरुद्ध निरन्तर आन्दोलनरत् व्यवसायीहरुले चौथो दिनसम्म पनि घेराउ आन्दोलन जारी राखेका हुन् ।
त्यसअघि भृकुटीमण्डपबाट शुरु भएको र्याली राष्ट्रिय सभा गृह, पुरानो बसपार्क, त्रिचन्द कलेज हुँदै महानगर कार्यालय पुगेपछि ‘बालेन साह मुर्दावाद’, ‘गरिबलाई गरिखान दे’, ‘ज्यादती बन्द गर’, ‘डोजर आतंक बन्द गर’ जस्ता नारा लगाएका थिए ।
व्यवसायीहरुले महानगरले पसल भत्काउने, सामान जफत गर्ने र ज्यादती गर्ने काम रोक्नुपर्ने माग गर्दै आन्दोलनमा निरन्तर उत्रिएको बताएका छन् । चेतावनी दिँदै भनेका छन्, ‘ज्यादती रोकिएन भने आन्दोलन अझै उग्र हुन्छ ।’
टिप्पणीहरू