सयौं बोरा चिनी गायब,एसपी तानिए, डिएसपी जिम्मेवारीमुक्त

सयौं बोरा चिनी गायब,एसपी तानिए, डिएसपी जिम्मेवारीमुक्त

बरामद चिनीमध्ये छ सय बोरा गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना एसपी मुख्यालय तानिएका छन् । तस्करीको ७०० बोरा चिनी बरामद गरेर भन्सारमा बुझाउने क्रममा एसपी र डिएसपीहरू मिलेर ५९४ बोरा एकाएक गायब बनाइएको उजुरीसङ्गै हेडक्वार्टरले छानबिन थालेको बताइन्छ ।

सशस्त्र प्रहरीको कानुन महाशाखाले ११ नम्बर गण रौतहटका गणपति उपरीक्षक सन्तोष बस्नेतलाई हेडक्वार्टरमा तानेको र सँगै नायव उपरीक्षकद्वय अमर लामा र राजेन्द्र बस्नेतलाई पनि जिम्मेवारीबाट निलम्बन गरिएको बुझिएको छ ।

साउन २९ गते रौतहटको गरुडा शिवनगर भन्सार छलेर ल्याइएको सात सय बोरा चिनी सीमानामा खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । तर भन्सारलाई बुझाउने क्रममा बाटोमै ५९४ बोरा गायब भएपछि घटनामा उनीहरुको संलग्नता देखिएको अन्य प्रहरीको दाबी छ ।

व्यापारी उपेन्द्र सहनीको गोदामबाट बरामद भन्सार छलिएको चिनी उनीसँगको साँठगाँठमा तलमाथि गरिएको प्रारम्भिक उजुरी छ  ।

टिप्पणीहरू