भ्रष्टाचारमा मुछिएका मोहनलाई एअरपोर्टबाट स्कर्टिङ

भ्रष्टाचारमा मुछिएका मोहनलाई एअरपोर्टबाट स्कर्टिङ

टेरामक्स घोटालाका आरोपित मोहनबहादुर बस्नेतलाई सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयले नेपाली कांग्रेसभित्र किचलो चर्किएको छ । 

पूर्वमन्त्री तथा निलम्बित प्रतिनिधि सभा सांसद बस्नेतलाई पार्टी निकट लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा प्रमुख अतिथि बनाइएपछि नेता तथा कार्यकर्ता आक्रोशित भएका हुन् । 

सिन्धुपाल्चोक स्थायी ठेगाना भेएका उनीमाथि मन्त्री भएका बेला नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा अर्बौ अनियमितता गरेको आरोप छ । उक्त अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएकोमा उनी गत असार १५ गते २५ लाख धरौटीमा रिहा भएका थिए ।

मुद्दाको अन्तिम फैसला भैसकेको छैन । भ्रष्टाचारमा मुछिएका नेतालाई कार्यक्रमको प्रमुख अतिथि बनाइएपछि प्रदेशतहका नेताले आलोचना गरेका छन् । 

एकातिर भ्रष्टाचारको अभिय्ग छ अर्कोतिर सुदूरपश्चिमबाट केन्द्रमा प्रतिनिधित्व गर्ने दर्जनौँ नेता हुँदाहुँदै खेलकुदमा कहीं कतै नजोडिएका सिन्धुपाल्चोके बस्नेतलाई मञ्चमा राखिएकोप्रति कांग्रेस सूपका नेता रिएसाएका छन् । एक कमिटी सदस्यले कटाक्ष गर्दै सञ्जालमा लेखेका छन्, ‘सूदुरपश्चिममा रित्तै हो त ?’ 

कार्यक्रमको लागि बस्नेत धनगढी पुगिसकेका छन् । उनलाई स्वागत गर्न खेलकुद संघका पदाधिकारी र कार्यकर्ताले बुलेट बाइकमा र्यालीसमेत निकालेको बुझिएको छ । उनी धनगढी विमानस्थलबाट बुलेट बाइकको स्कर्टिङमा बाहिरिएका थिए । 

बस्नेतले स्वागतमा फूलमाला लगाएको तस्वीर सार्वजनिक गरेका छन् । तर प्रदेश नेताहरु भने संघको यस गतिविधिप्रति सन्तोष देखिएका छैनन् । प्रदेश कमिटीकै अर्का सदस्यले लेखेका छन्, ‘प्रजातान्त्रिक विचारको मर्म मार्ने प्रयास !’

टिप्पणीहरू