राजदूत रुपाखेतीले जर्मनीबाटै सर्बिया हेर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपालका आवासीय राजदूत डा.शैल रुपाखेतीलाई थप जिम्मेवारी तोक्नुभएको छ । उहाँले रुपाखेतीलाई सर्बियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको जनाइएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा राजदूत रूपाखेतीलाई गणतन्त्र सर्बियाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको उल्लेख छ ।
टिप्पणीहरू