सशस्त्रकी खेलाडीको लास भेटियो
फुटबल प्रतियोगितामा भाग लिन सशस्त्रको जम्बो टोली बिदेशतिर रहेको बेला यता सशस्त्र प्रहरी बलकी कुस्ती खेलाडी मृत अवस्थामा भेटिएकी छन् !
खेलकुद शिक्षालय हल्चोकमा कार्यरत २४ वर्षीया जवान भावना चन्दको मृत्युको कारण खुलेको छैन ।
बैतडीको पन्चेश्वर गाउँपालिका–३ घर भएकी चन्द नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित कुमारी टोलमा आफ्नै कोठामा झुण्डिएको मृत अवस्थामा आज बेलुका भेटिएकी हुन् ।
टिप्पणीहरू