अमेरिकामा लडाइँ मन्त्रालय खुल्दै

अमेरिकामा लडाइँ मन्त्रालय खुल्दै

अमेरिकी रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालय बनाउने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आज हस्ताक्षर गर्दै छन् । हस्ताक्षरपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथको हैसियत एकाएक युद्धमन्त्रीको हुने छ ।

राष्ट्रपतिको उक्त आदेश संसदीय स्वीकृतिपछि मात्रै औपचारिक रूपमा लागु हुने छ । निर्णय कार्यान्वयन गर्न अर्बौं डलर खर्च हुने भएकाले यसको चर्को विरोध भएको छ । केही विश्लेषकले यसलाई ट्रम्पको राजनीतिक शैलीसँग जोडेर व्याख्या गरेका छन्। अमेरिकाले अरू मुलुकलाई ‘शान्ति’ र ‘लोकतन्त्र’को उपदेश दिने प्रचलन छ ।

तर,आफैँले युद्ध मन्त्रालयको व्यवस्था गर्न खोज्नुले अमेरिकाको चर्को आलोचना भएको छ । अमेरिकामा सन् १७८९ मा स्थापना भएको युद्ध मन्त्रालय सन् १९४७ सम्म थियो । त्यसपछि रक्षा मन्त्रालय भन्न थालिएको हो ।

टिप्पणीहरू