बानेश्वरमा फेरि चल्याे गोली
जेन जी आन्दोलनले दिनभर तनावग्रस्त बनेको नयाँ बानेश्वरमा फेरि गोली चलेको छ । अपरान्ह सेनाले उक्त क्षेत्र नियन्त्रणमा लिएपछि तितरबितर भएका युवाहरु साँझपख पुनः भेला भएर नाराबाजी गर्न थालेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको छ ।
प्रहरीको गोली लागेर थप दुई जना घाइते भएको बुझिएको छ । उनीहरुलाई एभरेष्ट हस्पिटल लगिएको छ ।
आज दिनभर प्रदर्शनको क्रममा मुत्यु हुनेको संख्या २८ पुगेको छ । यसको स्वतन्त्र पुष्टि भएको छैन । घाइतेको संख्या साढे दुई सय नाघेको छ तीमध्ये केही सुरक्षाकर्मी पनि छन् ।
टिप्पणीहरू