राष्ट्रिय सम्पदा जोगाउन राजेश हमालको अपिल

राष्ट्रिय सम्पदा जोगाउन राजेश हमालको अपिल

अभिनेता राजेश हमालले जेन जीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राष्ट्रको सम्पदा जोगाउन अपिल गरेका छन् । उनले राष्ट्रको संरचना, सम्पदा र पूर्वाधारहरु प्रत्येक नेपालीको भएको बताउँदै उक्त आग्रह गरेका हुन् ।

हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी भएपछि उनले भनेका छन्, ‘८ सेप्टेम्बर नेपालको कालो दिन हो । यत्रो पीडादायी घटना सायदै घटेको थियो । हिजो पाँच छ घण्टाको अन्तरालमा १९ देखि २२ वर्षका युवाहरूको विभत्स हत्या भएको छ । जेनजीले उठाएको मुद्दामा हामी सबैले साथ दिइरहेका छौं । साथमा हामीले विनम्रता अनुरोध के गर्नुपर्छ भने राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति होइन । त्यसैले तिनको संरक्षण गरौं । हामी सबैलाई आफ्नो राष्ट्र प्यारो छ ।’

उनका अनुसार युवाहरूको यो आक्रोश पछिल्लो पाँच वर्षको मात्रै होइन । वर्षौंदेखिको आक्रोश आज पोखिएको र सामाजिक सञ्जाल प्रतिबन्ध बहाना मात्रै भएको हमालको भनाइ छ ।

टिप्पणीहरू