जेनजी युवालाई सम्बोधन गर्दै सेनाको विशेष अपिल

जेनजी युवालाई सम्बोधन गर्दै सेनाको विशेष अपिल

नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन जेनजी प्रदर्शनकारीलाई विशेष अपिल गरेको छ।

सैनिक मुख्यालयले वक्तव्य जारी गर्दै विषम परिस्थितिमा पनि मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ नेपाली सेना प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । 

वक्तव्यमा अहिले चलिरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण गरिरहेको जनाइएको छ । 

सेनाले भनेको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ ।’

जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै सेनाले मृतकप्रति श्रद्धातञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र सहानुभूतिसँगै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।

टिप्पणीहरू