संविधानको पक्षमा ठाउँ-ठाउँमा प्रदर्शन
मुलुकमा सिर्जित पछिल्लो परिस्थितिले संविधान संकटमा परेसँगै राजनीतिक दलका विद्यार्थी संगठनहरु एकजुट भएका छन् । संविधान रक्षाको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिन थालेका छन् ।
आज काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा नेकपा एमाले र एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिए ।
उनीहरुले ‘गणतन्त्र जिन्दावाद’, ‘नेपाल आर्मी राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘संविधानको रक्षा गरौं’, लगायतका प्लेकार्ड बोकेका छन् ।
टिप्पणीहरू