एमालेको ब्यानरबाट ओलीको तस्विर झिकियो
नेकपा एमालेले आफ्नो मुख्यालयमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिररहित ब्यानर झुण्ड्याएको छ ।
एमाले कार्यकर्ताले आज लगेर पुष्पलाल,मदन र मनमोहनको मात्रै तस्विरवाला ब्यानर झुन्ड्याएका हुन् । ब्यानरमा ‘फेरि उठ्ने छौँ’ लेखिएको छ।
‘एमालेको एकता बचाऊँ,कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ पनि लेखिएको छ। भदौ २० देखि २२ गतेसम्म गोदावरीमा सम्पन्न एमाले दोस्रो विधान महाधिवेशनमा ओलीको मात्रै एकछत्र थियोे ।
टिप्पणीहरू