मेची भन्सारमा यात्रु शाखा अवरुद्ध
मेची भन्सार हुँदै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमा रोक लगाइएको छ । मुलुकको पछिल्लो अवस्थाका कारण भन्सार कार्यालयको यात्रु शाखा सञ्चालन गर्न नसकिएपछि भारतीय गाडी प्रवेश निषेध गरिएको जनाइएको छ ।
यात्रु शाखा सञ्चालन नभएसम्म माल ढुवानीबाहेकका भारतीय गाडी नेपाल प्रवेशमा रोक लगाइएको हो । जारी सूचनामा भनिएको छ, ‘यात्रु शाखा सञ्चालन नभएसम्म माल ढुवानीबाहेकका भारतीय सवारी साधन नेपाल प्रवेश गर्न नसक्ने हुँदा त्यस्ता सवारी साधन सीमासम्म मात्र प्रयोग गरिदिनुहुन अनुरोध छ ।’
कार्यालयले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पनि सीमापार यात्रा गर्दा कानूनअनुरुप भन्सारमा घोषणा गर्नुपर्ने मालवस्तु नलिइकन यात्रा गर्न आग्रह गरेको छ ।

टिप्पणीहरू