सौर्य ऊर्जा प्लान्टपछि २१ हजार रुख जोगिने दाबी
मुलुकको एक मात्र हरित टाइल उत्पादक प्राइम सिरामिकले १.३ मेगावाटको सौर्य ऊर्जा परियोजना स्थापना गर्ने भएको छ । कम्पनीले रौतहटस्थित आफ्नो कारखाना परिसरमा सो परियोजना निर्माण कार्य थालेको छ ।
यसलाई शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फ महत्वपूर्ण कदमसमेत मानिएको छ । कम्पनीका अनुसार सौर्य ऊर्जा प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ । यसबाट करिब आठ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण हुनेछ ।

योसँगै हरेक वर्ष २१ हजार रुख जोगिने कम्पनीको भनाइ छ । कम्पनीले उत्पादन हुने स्वच्छ ऊर्जा प्रत्यक्ष रुपमा टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने पनि बताएको छ ।
त्यसले प्राइम टाइल्सको वातावरणीय योगदानलाई सबैभन्दा उच्च स्तरमा पुर्याउने विश्वास गरिएको छ । यो परियोजना कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले डीकेटीआई कार्यक्रमअन्तर्गत वित्तिय सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
टिप्पणीहरू