मुटुको गडबडीपछि धुलिखेल अस्पताल पुगेकाहरु तन्दुरुस्त

मुटुको गडबडीपछि धुलिखेल अस्पताल पुगेकाहरु तन्दुरुस्त

धुलिखेल अस्पतालले मुटुका गम्भीर बिरामीहरुमा गरेको आईसीडी प्रत्यारोपण सफल भएको छ । अस्पतालको मुटुरोग विभागले मुटुको चाल गडबड भइरहने बिरामीहरुमा विशेष प्रकारको ब्याट्री राखेर सफलतापूर्वक प्रत्यारोपण गरिएको जनाएको छ ।  

अस्पतालका संस्थापक तथा वरिष्ठ कार्डियोजिजिस्ट डा. राजेन्द्र कोजुले दुई जनामा गरिएको उक्त प्रत्यारोपण सफल भएको जानकारी दिएका छन् । ‘प्राणघातक मुटुको चालमा गडबड अथवा मुटुकै कारण एक्कासी मृत्यु हुँदै बाँचेकाहरु जस्तोमा मुटुको चाल ठिक गरिदिने आईसीडी प्रत्यारोपण धुलिखेल अस्पतालमा पनि पहिलोपल्ट सफलतापूर्वक दुई जनामा गरेर आरम्भ गरियो,’ उनले भनेका छन् । 

मुटुको चाल गडबड भइरहने समस्या भोग्दै आएका धेरै बिरामीले अब उक्त प्रत्यारोपणबाट राहत मिल्ने डा. कोजुको विश्वास छ । यसअघि पनि कोजु नेतृत्वको चिकित्सकीय टोली मुटुका अन्य गम्भीर बिरामीहरुको सफलतापूर्वक उपचार गरिसकेको छ ।

टिप्पणीहरू