जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब पुनर्निर्माण कोषमा

जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब पुनर्निर्माण कोषमा

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको दुई दिनको तलब राष्ट्रिय पुनर्निर्माण कोषमा जम्मा गर्ने निर्णय गरेको छ । दुई दिनको तलब–भत्ता बराबर पाँच लाख ५१ हजार रुपैयाँ कोषमा जम्मा गरिने भएको छ ।

भदौ २३ र २४ गतेको जेन–जी विध्वंसमा भएको क्षतिको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । उनका अनुसार, हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।

टिप्पणीहरू