सुदन गुरुङमाथिकाे आक्रमणबारे यसो भन्छ प्रहरी
जेनजी आन्दोलनका नाममा भएको ध्वंसात्मक प्रदर्शनको मुख्य स्केटहोल्डर दावी गर्दै आएको ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङमाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको बताइएको छ ।
गुरुङले आज दिउँसो एक भिडियो सार्वजनिक गर्दै बाइक र कारमा आएका समूहले कार्यालय (रानीबारी)देखि बानेश्वरसम्म आफूलाई पछ्याएको दाबी गरेका छन् । भनेका छन्, ‘मलाई कसैले फलो गरिरहेको छ, एउटा बाइक र कारमा आएका मान्छेहरुले पछ्याइरहेका छन् । मलाई केही भइहाल्यो भने तिमिहरु अघि बढ्नुपर्छ है केटाहरू ।’
जिल्ला प्रहरी परिसर काठमाडौँले भने यसबारे कुनै जानकारी नरहेको प्रतिक्रिया दिएको छ । परिसर प्रमुख एसएसपी विश्व अधिकारीले अहिलेसम्म गुरुङमाथि आक्रमणको प्रयास भएकोबारे जानकारी नआएको बताए ।
‘पछ्याइएको भनिएको क्षेत्रको इञ्चार्जसँग बुझे, त्यस्तो कुनै जानकारी आएको छैन’, उनले भने । घटनाबारे थप बुझ्न प्रहरी खटाइएको पनि एसएसपी अधिकारीले जानकारी दिए ।
टिप्पणीहरू