नारायणगढ–मुग्लिङ सडक एकतर्फी खुल्यो
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा बेलाबेलामा निरन्तर गइरहने पहिरोका कारण पछिल्लो पटक दुई दिनदेखि अवरुद्ध नारायणगढ मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको छ ।
अस्ति साँझ पहिरो खसेदेखि आजसम्म अवरुद्ध रहेको सडक करिब ४६ घन्टापछि अपराह्न सवा चार बजेबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए । यसपटक सडकमा ठूलै पहिरो खसेर बाटो पूर्ण अवरोध हुँदा हजारौं यात्रु अलपत्र अवस्थामा छन् ।
सडक एकतर्फी खुलेसँगै अहिले सवारी साधनहरुलाई बिस्तारै गन्तव्यतर्फ पठाइँदैछ । सडक आजै दुईतर्फी रुपमा खुल्ने छाँट छैन । फेरि सुक्खा पहिरोको जोखिम कायमै रहेकोले रातको समयमा सडक बन्द गर्ने तयारीबारे जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले भर्खरै पहिरोस्थलबाट जानकारी दिएका छन् ।
टिप्पणीहरू