विदेशी दूतावासविरुद्ध युवा अभियन्ताको आक्रोश
‘अहिलेको अवस्थामा भारत र अमेरिकाको एम्बेसीलाई आगो लगाएर राजदूतहरुलाई खेदाउनैपर्छ जेनजीहरुले’, यो भनाइ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । एक युवाले पोडकास्टमा बोल्दै भारत र अमेरिकावादी बन्ने प्रवृत्तिले नेपाली बिग्रिएको र जेन जीले भारतीय र अमेरिकी राजदूतावास नखेदे आफैंले खेद्ने बताएका छन् ।
त्यसो भन्ने युवा हुन्–विकेन लिम्बू । झापाका उनी आफूलाई सामाजिक अभियन्ता भन्छन् । भदौ २४ गतेको जेन जी विध्वंशको विषयमा बोल्दै उनले त्यसको पृष्ठभूमि खुल्दै जाने बताएका छन् । आन्दोलनमा भारतबाट परिचालित विध्वंसकारीले आगो लगाएको आरोप लगाउँदै उनले हामी नेपालका अध्यक्ष सुदन गुरुङ्ग जेन जी आन्दोलनको लिडर नभएको पनि प्रष्ट पारेका छन् ।
नेपालमा चोखो र राम्रो व्यक्ति नभएको बताउँदै लिम्बूले नेपालीलाई साँच्चै नेपाली बनाउनका निम्ति भारतीय र अमेरिकी दूतावासमा आगो लगाउनैपर्ने चर्को प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्,‘नेपालीलाई कुनैपनि वादी नबनाउने भए भारतीय दूतावास र अमेरिकी दूतावासलाई चाँहि खेद्नैपर्छ । नाङ्लो ठटाएर हुन्छ कि अगुल्टोले हानेर हुन्छ, खेद्नैपर्छ ।’
कार्यक्रम प्रस्तोताले चीनलाई खेद्नुपर्ने कुरा उठिरहेको छ नि ? भनि प्रश्न गर्दा उनले भन्छन्,‘बिचरा चाइनाको दोष नै छैन है यसमा । चाइनाले हामीलाई कहिले गिद्देनजरले हेरेको छैन । हाम्रो यहाँ देशको गतिविधिमा उसले केही बोल्ने पनि होइन ।’
उनले चीन समुद्रजस्तै निश्चल भएको बताएका छन् । सो अन्तरवार्तालाई धेरैले मनपराएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता धनराज तामाङ्गको भनाइमा भारतीय दूतावास भगाएपछि मात्र नेपालले शान्ति पाउने छ । लेख्छन्,‘हो हो लु इण्डियाको एम्बेसी खेदेर हटाउनुपर्छ । अनि मात्र नेपालले शान्ति पाउने छ ।’
भारत र अमेरिकाले नेपाललाई समाप्तजस्तै पारेको कृष्ण थापाको जिकिर छ । ‘भारत र अमेरिकीहरुको खेलले नेपाल र नेपालीलाई समाप्तजस्तै पार्यो है ।’ दिवाकर बस्नेतले त्यसो गर्नलाई नेपालीहरु एकजुट हुनुपर्ने धारणा राखेका छन् । लेखेका छन्,‘यो त गर्नुपर्छ । इण्डियन र अमेरिकालाई भगाउनुपर्छ । एकजुट हुनुपर्दछ, यति गर्नलाई ।’
टिप्पणीहरू