जेन जी कर्मचारी हिजो गठन, आज ज्ञापन

जेन जी कर्मचारी हिजो गठन, आज ज्ञापन

हिजो गठित जेन जी कर्मचारी अभियानले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अभियानका संयोजक गणेश घिमिरेको नेतृत्वमा १५ सदस्यीय टोली विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउन आज दिउँसो पुगेको थियो । 

टोलीमा सुवासचन्द्र सिवाकोटी, उपसचिव भुपेन्द्र सापकोटा, यामप्रसाद ढुंगाना, अधिकृत अविलाल राई, श्रम मन्त्रालयका उपसचिव खिलराज राई, संघीय संसद् सचिवालयका प्राविधिक शाखा अधिकृत सुदन राई, कैलाश श्रेष्ठ, सुजन प्रसाईँ, सतीश सुवेदी, भास्कर ढुंगेल, युनिल राई, अच्युत तिमिल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नासु पशुपति पोखरेल, हेमराज न्यौपाने र नोर्देन घिसिङ थिए ।

टिप्पणीहरू