भाटभटेनी खरानीबाट उठ्दै,विजया दशमीकै दिनबाट पुनर्निर्माण प्रारम्भ

भाटभटेनी खरानीबाट उठ्दै,विजया दशमीकै दिनबाट पुनर्निर्माण प्रारम्भ

जेन जी विध्वंशमा खरानी बनाइएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका दर्जन बढी व्यापारिक कम्प्लेक्सको पुनः पुनर्निर्माण थालिएको छ । हिजो विजया दशमीकै दिनदेखि भग्नावशेष भत्काएर जगैदेखि निर्माण शुरु भएको छ ।

१५ हजार बढी नेपाली युवा विशेषगरी जेन जी उमेर समूहका युवा र तिनका परिवारको भरोशाको थलो बन्दै आएको भाटभटेनी डिपार्टमेन्टल स्टोरले खरानी बनाइएका आफ्ना व्यापारिक भवन छिट्टै नै पुरानै अवस्थामा फर्काउने बताएको छ ।

दशैं अगाडि आगजनीबाट खर्बौंको नोक्सानी व्यहोरेको भाटभटेनीले आफ्ना कर्मचारीलाई विगतमा झैँ यो वर्षको सर्वाधिक पीडामा समेत मासिक तलब, भत्ता तथा सुविधा र दशैं पेश्की दिएको छ ।

टिप्पणीहरू