एमाले आगामी रणनीति र कार्यदिशाको तयारीमा
नेकपा एमालेको आज बस्ने सचिवालय बैठकमा पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्ने एजेण्डा राखिँदै छ । आजको बैठकमा आगामी सोमबारदेखि बुधबारसम्म बस्ने केन्द्रीय समितिको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।
यसअघि एमाले सचिवालय बैठक असोज १२ गते बसेको थियो । गत साता राखिएको बैठक लगातारको वर्षा र त्यसपछि उत्पन्न बाढीपहिरोका कारण आजलाई सारिएको थियो ।
टिप्पणीहरू