राजीनामा दिने भन्दै कुलमान,ओमप्रकाश र जेनजीहरु के पकाउँदैछन् ?
जेन-जी पुस्तालाई अगाडि सारेर सडकको बलमा सत्तामा उक्लिएका नेताहरूको दुई वटा समूह अस्तित्वमा आउने देखिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा अलग-अलग पार्टी बन्ने अवस्था सृजना भएको यो प्रक्रियामा संलग्न एक जना पूर्व ब्युरोक्र्याटले जनआस्थालाई बताए ।
प्राप्त जानकारीअनुसार आगामी फागुन २१ को निर्वाचनमा पुराना पार्टीलाई टक्कर दिनेगरी यौटै बलियो दल गठन गर्ने गृहकार्य चलिरहेको थियो । त्यसका लागि जेन-जी पुस्ताका युवाहरूसहित विभिन्न पक्षसँग भित्रभित्रै संवाद र समन्वय भैरहेको थियो । तर,नयाँ दल दर्ता गर्नभन्दा बनिबनाउ पार्टीको नेतृत्व गर्ने कुलमानको प्रस्तावमा ओमप्रकाश सहमत नभएपछि परिस्थिति फरक ढंगले विकास भएको हो । योसँगै जेन-जी युवासहित आफूलाई वैकल्पिक शक्ति दावी गर्ने अहिले चर्चामा रहेका केही पात्र दुवै समूहमा बाँडिने अवस्था बनेको छ ।
रवि लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति हुनेगरी कुलमानले गृहकार्य अघि बढाएको र त्यसैमा सहमति जुट्ने सम्भावना देखिएको उनैले जानकारी दिए । यो समूहमा भदौ २४ को विध्वंशका योजनाकार भनिएका काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साह, जेन-जी 'हाइज्याकर' सुधन गुरुङसहित रहने छन् । कुलमान सभापति र सुधन उपसभापति हुनेगरी प्रसङ्ग छेडिएको बताइएको छ । यो समूहमा धनगढीका गोपी हमालदेखि धरानका हर्क साम्पाङलाई पनि समेट्ने तयारी छ । तर, बालेनलाई विदेशीको गोटी बनेको आरोप लगाइरहेका हर्क रास्वपामा समाहित हुने सम्भावना कम रहेको स्रोत बताउँछ ।
रास्वपाका एकथरी नेतासँग केही हप्तादेखि लगातार चलिरहेको छलफल सकारात्मक दिशामा अघि बढेको भनिएको छ । तर, रविको कोर टिम यसमा सहमत भए-नभएको र रविसहितको रास्वपामा कुलमानको सहभागिताबारे प्रष्ट भैसकेको छैन ।
अस्ति बुधबार उर्जा मन्त्रालय पुगेर कुलमानसँग एक घण्टा लामो संवाद गरेका ती पात्रका अनुसार अबको चार दिनपछि यसबारे टुंगो लाग्ने सम्भावना छ ।
उनले चुनावको तीन महिनाअघि अर्थात् अबको दुई महिनापछि मन्त्री पद छोड्ने र पार्टी अध्यक्ष बनेर प्रतिष्पर्धामा जाने योजना बनाएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री र मन्त्रीहरूले पार्टी अध्यक्ष बन्न र चुनाव लड्न मिल्दैन ।
आफू रहरले नभई प्रधानमन्त्री र जेन-जी समूहको दबाबले मन्त्री भएको बताउने गरेका उनले चुनावको तीन महिनाअघि अर्थात् अबको दुई महिनापछि मन्त्री पद छोड्ने र पार्टी अध्यक्ष बनेर प्रतिष्पर्धामा जाने योजना बनाएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री र मन्त्रीहरूले पार्टी अध्यक्ष बन्न र चुनाव लड्न मिल्दैन ।
गृहमन्त्री ओमप्रकाशले भने विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिलाई समेटेर पाँच जनाको स्टेयरिङ कमिटी बनाउने र त्यसमार्फत पार्टी गठन प्रक्रिया अघि बढाउने रोडम्याप अघि सारेका थिए । साझा र सर्वस्वीकार्य व्यक्तित्वका रुपमा कुलमानलाई नै नेता बनाएर जाने उनको तयारी थियो । यसबारे दुई जनाबीच चरणवद्ध छलफल भैरहेकै छ । तर,कुलमानले रास्वपाको अध्यक्ष हुनेगरी पुरानै पार्टीमा जाने मनशाय देखाएपछि तत्कालका लागि यो सम्भावना टरेको स्रोतको दावी छ ।
रविसहितको रास्वपामा आफ्नो सहभागिता कल्पनै गर्न नसकिने भन्दै आएका ओमप्रकाश अब मौलिक संस्कृतिसहितको नेपाली माटो सुहाउँदो समाजवादी विचारधाराको दल गठन गर्ने तयारीमा छन् । जेन-जी समूहका प्रवेश दाहाल,मिराज ढुंगाना,किशोरी कार्की,पुरुषोत्तम यादवसहितका युवाहरू यसमा जोडिएको भनिएको छ । त्यस्तै, विभिन्न समयमा गठन गरिएका दबाब समूह,द्वन्द्वपीडित पूर्वसुरक्षाकर्मी परिवार र पूर्वसुरक्षाकर्मी परिषद नेपालले संस्थागत रुपमै समर्थन दिने प्रतिवद्धता जनाएको बुझिएको छ ।
'कुलमानलाई अध्यक्ष बनाउने,एउटा जेन-जीलाई उपाध्यक्ष बनाउने उहाँ (ओमप्रकाश) को परिकल्पना थियो । तर, कुलमानजीले बालेन र रविको समर्थनमा रास्वपाको अध्यक्ष हुने चाहना राख्नुभयो',
द्वन्द्वपीडित पूर्वसुरक्षाकर्मी परिवार ०६२ सालमा गठन भएको आधिकारिक संस्था हो । तीन वटै सुरक्षा निकायका एकल महिला २६ सय र घाइते रविन्द्र सिग्देललगायत करिब ५ हजार गरी साढे ७ हजार जना यसमा आवद्ध छन् । नेपाल प्रहरीका सईकी पत्नी हेमकुमारी बूढा अहिले यसको अध्यक्ष छिन् । सुवेदार केवी राउतको अध्यक्षतामा ०७५ सालदेखि सन्चालित पूर्व सुरक्षाकर्मी परिषद नेपाल ७७ वटै जिल्लामा सक्रिय छ । यसको संरक्षक पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल छन् ।
'कुलमानलाई अध्यक्ष बनाउने,एउटा जेन-जीलाई उपाध्यक्ष बनाउने उहाँ (ओमप्रकाश) को परिकल्पना थियो । तर, कुलमानजीले बालेन र रविको समर्थनमा रास्वपाको अध्यक्ष हुने चाहना राख्नुभयो', बुधबारको संवादको सार सुनाउँदै स्रोतले भन्यो, 'उहाँ स्टेरिङ कमिटी बनाउन र अहिले नै जेन-जी युवालाई अगाडि सार्न सकिंदैन भन्नेमा पुग्नुभयो । जेन-जीलाई ग्रुमिङ्ग गर्दै पाँच वर्षपछि नेतृत्वमा स्थापित गर्न सकिन्छ भन्ने उहाँको निचोड छ ।'
यता,पछिल्लो समय बालेन र ओमप्रकाशको सम्बन्ध बिग्रिएको चर्चा छ । प्रधानमन्त्री सुशीला कार्कीमार्फत गृह-प्रशासनको काममा अनावश्यक हस्तक्षेप गरेपछि यी दुईको सम्बन्ध चिसिएको स्रोत बताउँछ । केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न दिइएको दबाबले चिढिएका गृहमन्त्री पछिल्लो घटनाक्रमले थप असन्तुष्ट बनेको बताइन्छ । स्रोतका अनुसार पर्सि आइतबार बालेनसँगको सम्बन्धबारे उनले मिडियामार्फत जानकारी गराउन लागेका छन् ।
अर्कोतिर,कुलमान र ओमप्रकाशलाई मिलाउन दुवैतिरका केही व्यक्ति सक्रिय भएका छन् । हिजो दुई जनाबीच भएको छलफलमा ओमप्रकाशले रविविनाको रास्वपासँग सहकार्य गर्न सकिने सन्देश दिएको बताइन्छ । सोमबारतिर भोजन गृहमा हुने वार्ताले यसको टुंगो लगाउने दाबी गरिएको छ ।
नेतृत्वमा भएको समूहबन्दीको प्रभाव जेन-जीको राष्ट्रिय सम्मेलनमा पनि देखिएको छ । हिजोदेखि शुरु भएको राष्ट्रिय सम्मेलनको बन्द सत्र आज भोजन गृहमा जारी छ । ओमप्रकाशको समर्थनमा भएको भनिएको उक्त सम्मेलनको पहिलो दिन हिजो राष्ट्रपतिकहाँ वार्ता गर्न जाने ११ सदस्यीय टोलीका किशोरी कार्की,प्रवेश दाहाल र पुरुषोत्तम यादव उपस्थित थिए । सुरक्षाको कारण देखाएर कार्यक्रममा सहभागी नभएका मिराजले पनि यो समूहलाई समर्थन जनाएको बताइएको छ । सम्मेलनमा सुधनको टिमबाट भने एक जना पनि उपस्थित छैनन् ।
टिप्पणीहरू