वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडेका ५० वर्षीय दाहाललाई वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । उनले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूलाई बील रकम भुक्तानी गर्ने क्रममा घुस/रिसवत वापत रकम लिने गरेको उजुरीपछि टोली आज त्यहाँ पुगेको थियो ।
अख्तियारको टोलीले निगरानी गरेर पक्रने क्रममा उनको साथबाट एक लाख २० हजार आठ सय ५० रुपैयाँ नगद, एउटा मोबाइल र केही कागजातसमेत बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ ।
टिप्पणीहरू